Logo

Aug 16 2025 | २०८२, साउन ३१गते

Aug 16 2025 | २०८२, साउन ३१गते

images

प्रधानमन्त्री ओलीद्वारा जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको शुभकामना

प्रधानमन्त्री ओलीद्वारा जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको शुभकामना

  • काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना व्यक्त गर्नुभएको छ । 

    प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सबैलाई जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको शुभकामना व्यक्त गर्नुभएको हो । “आज श्रावण शुक्ल पूर्णिमा, यस दिन हामी तीनवटा सांस्कृतिक पर्व जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धन मनाउँछौँ । वर्षे बाली लगाइसकेर चिसोबाट बच्न गेँडागुडी खाने पर्वका रूपमा हाम्रा पुर्खाले यसलाई मनाउँदै आएका छन्”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ । 

    प्रधानमन्त्री ओलीले जनैपूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिन्छ भने रक्षाबन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाइने गरेको उल्लेख गर्नुभएको छ । “प्राचीन विद्वान्हरूका ज्ञानदीपले मानव सभ्यतालाई दिएको प्रकाशको सम्मानस्वरुप ऋषि तर्पणी मनाइन्छ”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ । 

    आज श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारणा गरेर मनाइँदै छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij