Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

ए श्रेणीका ४ खेलाडी १५ लाखमा खरिद, ८८ नेपाली खेलाडी अबद्ध

ए श्रेणीका ४ खेलाडी १५ लाखमा खरिद, ८८ नेपाली खेलाडी अबद्ध

  • काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि शनिबार सम्पन्न मिनी अक्सनमा आठ टोलीले ३७ खेलाडी अनुबन्ध गरेका छन्। अक्सनमा १६४ खेलाडीमध्ये २६ खेलाडी पहिलो चरणमै छानिए भने बाँकी ११ खेलाडी ‘विस लिस्ट’ बाट छनोट भए।

    ‘ए’ श्रेणीका देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफलाई जनही १५ लाखमा खरिद गरिँदा उनीहरूलाई एउटाभन्दा बढी टोलीले भित्र्याउन खोजेकाले ‘लक्की ड्र’ मार्फत अन्तिम टिम तय गरियो।

    चितवन राइनोजले ३९ लाख खर्च गर्दै सबैभन्दा बढी लगानी गर्‍यो भने पोखरा एभेन्जर्सले ११ लाखमा सीमित रह्यो। अक्सनपछि आठ टोलीमा ८८ नेपाली खेलाडी आबद्ध भइसकेका छन् र अब प्रत्येक टोलीले कम्तिमा चार विदेशी खेलाडी अनुबन्ध गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij