Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौंको अनियमितता, राजनीतिक दबाब र छानबिनको पेचिलो यात्रा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौंको अनियमितता, राजनीतिक दबाब र छानबिनको पेचिलो यात्रा

  • पोखरा पर्यटकीय गन्तव्यका रूपमा विश्वभर चिनिएको भए पनि यहाँको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया सुरुदेखि नै विवादास्पद रह्यो। २०१५ सालमा बनेको आन्तरिक विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा उन्नत गर्ने सपना पर्यटन व्यवसायी, स्थानीय नेताहरू र नागरिक समाजले देखेका थिए। अन्नपूर्ण हिमशृंखला र फेवातालको सुन्दरताले विदेशी पर्यटक सीधै पोखरा ल्याउने अपेक्षासहित दबाब अभियान सुरु भयो।

    राजनीतिक दल, स्थानीय तह र व्यवसायीको संयुक्त दबाबमा सरकारले प्राविधिक र आर्थिक अध्ययनबिना नै चीनको इक्जिम बैंकको ऋण प्रस्ताव स्वीकार गर्‍यो। ऋणको सर्तअनुसार ठेक्का चिनियाँ कम्पनीलाई मात्र दिनुपर्ने भयो, जसले प्रतिस्पर्धा सीमित गर्‍यो।

    सार्वजनिक खरिद ऐनका प्रावधान तोड्दै अनुमानित लागत १७५ मिलियन अमेरिकी डलरबाट बढाएर अन्ततः २१५.९६ मिलियन अमेरिकी डलरमा ईपीसी मोडलमा सम्झौता गरियो। तर, सम्झौतामा उल्लेखित जिम्मेवारी पूरा नगरी पनि प्राधिकरणले बीओक्यू मोडलमा छुट्टै भुक्तानी गर्‍यो, जसले कानुन उल्लंघन मात्र होइन, अतिरिक्त अर्बौं रुपैयाँ खर्च गरायो।

    निर्माणमा प्राविधिक त्रुटि देखिँदा रन वे होचो भयो, छिने डाँडा काट्न थप करोडौं खर्च भयो, र ३२० एयरबसलाई ७ टन कम भारमा मात्र उडान गर्न सक्ने अवस्था रह्यो। यसले दीर्घकालीन रूपमा विमान कम्पनी र सरकारी राजस्वमा घाटा ल्याउने देखिएको छ।

    महालेखापरीक्षक र संसदीय समितिका प्रतिवेदनहरूले कर छुटदेखि गुणस्तरमा सम्झौतासम्मका अनियमितता उजागर गरे। भ्रष्टाचारको फेहरिस्तमा तत्कालीन मन्त्रीदेखि प्राधिकरणका अधिकारीसम्म मुछिएका छन्। तर, राजनीतिक दबाबका कारण मुद्दा विशेष अदालतमा पुग्न सकेको छैन।

    अख्तियारले थप अनुसन्धान गरिरहेको भए पनि, यस ऐतिहासिक अनियमितता प्रकरणमा कारबाहीको अन्तिम परिणाम अझै अनिश्चित छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij