Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

थुनामा रहेका रवि लामिछानेको २ करोड ७४ लाखको जमानत निवेदनमा सुप्रीम सहकारी ठगी प्रकरण अन्तर्गत बहस सम्पन्न, आदेश चाँडै आउने

थुनामा रहेका रवि लामिछानेको २ करोड ७४ लाखको जमानत निवेदनमा सुप्रीम सहकारी ठगी प्रकरण अन्तर्गत बहस सम्पन्न, आदेश चाँडै आउने

  • काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनामुक्त निवेदनमाथिको बहस सकिएको छ। रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको १० नम्बर इजलासमा परेको पेशीमाथि बहस सम्पन्न भइसकेको र आदेश लेखनको काम भइरहेको अदालत स्रोतले जनाएको छ।

    लामिछाने बुटवलस्थित सुप्रीम सहकारी ठगी अभियोगमा गत चैत २५ देखि रुपन्देही कारागारमा छन्। उनले आफू सहकारी ठगीमा संलग्न नभएको दाबी गर्दै बचतकर्ताको रकम फिर्ता सुनिश्चित गर्न आफू नै इच्छुक रहेको बताएका छन्। यस क्रममा, आफ्नो भागको बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत साउन १९ गते निवेदनसँगै पेश गर्दै रिहाइको माग गरेका थिए।

    उक्त निवेदनमा सुनुवाइ सोमबार भएको थियो। सुनुवाइको क्रममा लामिछाने पक्षले जमानतमार्फत रिहाइको माग राख्दा सरकारी वकिल पक्षले प्रतिवाद गरेको थियो। बुटवलको सुप्रीम सहकारी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो, जसलाई सर्वोच्च अदालतले पनि सदर गरिसकेको छ।

    अहिले भने अदालतको आदेश आउने प्रतीक्षामा सबैको नजर रुपन्देहीतर्फ केन्द्रित छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij