Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

आज सङ्घीय संसद्का दुवै सदनको बैठक, विभिन्न विधेयक पेस र शोक प्रस्ताव प्रस्तुत हुने

आज सङ्घीय संसद्का दुवै सदनको बैठक, विभिन्न विधेयक पेस र शोक प्रस्ताव प्रस्तुत हुने

  • काठमाडौँ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा सुरु हुने कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०/८१’ पेस गर्ने सम्भावना छ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

    त्यसैगरी, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे सुरु हुनेछ। आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ पेस गर्ने तयारी छ।

    दुवै सदनमा संविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij