Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

गृह मन्त्रालयको कडा कदम: तोकिएको स्थानमा नपुगेका १५ कर्मचारीको हाजिरी काटियो

गृह मन्त्रालयको कडा कदम: तोकिएको स्थानमा नपुगेका १५ कर्मचारीको हाजिरी काटियो

  • काठमाडौं । खटाइएको स्थानमा नपुगेका १५ कर्मचारीको गृह मन्त्रालयले डिजिटल र रजिस्टर हाजिरी काटेको छ। सरुवा वा पदस्थापन भएको एक महिनासम्म पनि सम्बन्धित कार्यालयमा नगएपछि मन्त्रालयले यो कदम चालिएको हो।

    साउन १५ गते २४ घण्टे उर्दी जारी गरेपछि ७ जना शाखा अधिकृत र १ जना नायब सुब्बा मात्र तोकिएको कार्यालयमा पुगेका थिए। अटेर गर्ने १५ जनामाथि साउन २० गतेदेखि हाजिरी काट्ने निर्णय गरिएको हो।

    हाजिरी काटिने मध्ये ४ जना नायब सुब्बा र ११ जना शाखा अधिकृत छन्। मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार गृह प्रशासनको काम संवेदनशील भएकाले समयमै जिम्मेवारी पूरा गर्न दबाब दिइएको हो।

    केही समयअघि अध्यागमन विभागका ४५ शाखा अधिकृतहरूको सरुवा भएको थियो। काठमाडौंबाहिर पोस्टिङ भएका केही कर्मचारी अटेर गर्दै मन्त्रालयमै बसेका थिए।

    स्रोतका अनुसार अहिले मन्त्रालयमा १६ उपसचिव र ५ सहसचिव जगेडामा छन्। दरबन्दीभन्दा बढी भएका कारण यस्ता कर्मचारीलाई तत्काल आवश्यक परे बाहिरी जिल्लामा पठाउने प्रचलन रहेको सहसचिव रिजालले बताए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij