Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

प्रतिनिधिसभा बैठक आज अपराह्न, पाँच मन्त्रालयसँग मौखिक प्रश्नोत्तर र विभिन्न विधेयकमाथि छलफल

प्रतिनिधिसभा बैठक आज अपराह्न, पाँच मन्त्रालयसँग मौखिक प्रश्नोत्तर र विभिन्न विधेयकमाथि छलफल

  • काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकमा सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या, र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

    आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्नेछ।

    अर्थ समितिले ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि दफावार छलफल गर्नेछ। कानुन, न्याय तथा मानव अधिकार समितिले कैलाली कारागारमा साउन २३ गते घटेको घटनाबारे र यसको समाधानका उपायबारे गृहमन्त्रीसँग छलफल गर्नेछ।

    कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ माथि छलफल गर्नेछ। यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले महालेखापरीक्षकको ६२औँ प्रतिवेदनमा समेटिएका मूलभूत विषयहरूमा छलफल गर्ने कार्यसूची तय गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij