Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

शिवम् सिमेन्ट्स लिमिटेडको खुद नाफा २०५ प्रतिशतले वृद्धि, खर्च नियन्त्रणले नाफामा सकारात्मक प्रभाव

शिवम् सिमेन्ट्स लिमिटेडको खुद नाफा २०५ प्रतिशतले वृद्धि, खर्च नियन्त्रणले नाफामा सकारात्मक प्रभाव

  • काठमाडौं ।शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै खुद नाफामा उल्लेख्य वृद्धि भएको जनाएको छ। कम्पनीले आर्थिक वर्षको अन्त्यसम्ममा ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षकै सोही अवधिको तुलनामा २०५.८५ प्रतिशतले बढी हो।

    समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी सानोतिनो मात्र ०.७८ प्रतिशतले वृद्धि भए पनि, खर्च नियन्त्रणले गर्दा कुल नाफा ६६.३० प्रतिशतले बढ्न सफल भएको छ। यद्यपि, कम्पनीको अन्य आम्दानी ३०.७८ प्रतिशतले घटेको छ भने कुल खर्च १.६६ प्रतिशतले कम भएको छ।

    कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेर १४ रुपैयाँ ५५ पैसा पुगेको छ। गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५७ पैसा रहेको छ।

    ५ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको शिवम् सिमेन्ट्सको जगेडा कोषमा ४ अर्ब ८३ करोड रुपैयाँ सञ्चित छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij