Logo

Oct 20 2025 | २०८२, कात्तिक ३गते

Oct 20 2025 | २०८२, कात्तिक ३गते

images

तीन तहको सहकार्यमा देशभरका ५५ हस्तान्तरण भएका आधारभूत अस्पताल सञ्चालनमा आउने तयारी

तीन तहको सहकार्यमा देशभरका ५५ हस्तान्तरण भएका आधारभूत अस्पताल सञ्चालनमा आउने तयारी

  • काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भइसकेका ५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउन तीनै तहका सरकार आपसी समझदारीका साथ अघि बढिरहेको जानकारी दिनुभएको छ।

    प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले देशभर निर्माण सम्पन्न भई स्थानीय तहलाई हस्तान्तरण भएका अन्य अस्पतालहरू पनि सञ्चालनमा ल्याउने कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो। यसका लागि चिकित्सक र आवश्यक उपकरणहरू उपलब्ध गराउने तयारी भइरहेको उहाँले बताउनुभयो।

    मन्त्री पौडेलका अनुसार कतिपय अस्पताल प्रक्रियागत विषयहरू टुङ्गो नलागेका कारण सञ्चालनमा ल्याउन नसकिने अवस्था रहेको छ। उहाँले भन्नुभयो, “बाहिरबाट भवन उभिएको देखिन्छ। तर त्यस्ता भवनहरू हस्तान्तरण नभएका, निर्माण सम्पन्न नभएका वा मुद्दामा परेकाले संचालनमा आउन सकिरहेको छैन।”

    उहाँले बाँके जिल्लाको राप्तीको सोनारी नरैनापुर–४ मा अस्पतालको भौतिक प्रगति शतप्रतिशत भई हस्तान्तरण गर्न बाँकी रहेको जानकारी दिनुभयो र हस्तान्तरणलगत्तै सञ्चालनमा आउने उल्लेख गर्नुभयो। साथै, अस्पताल सञ्चालनसम्बन्धी कार्यविधि बनेर पारित भइसकेको जानकारी पनि उहाँले दिनुभयो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij