Logo

Aug 27 2025 | २०८२, भदौ ११गते

Aug 27 2025 | २०८२, भदौ ११गते

images

पशुपति आर्यघाटमा जलिरहेको शवबाट हाड खरानी किनबेच प्रकरणमा ठाकुर र यादव थरका दुई जना पक्राउ

पशुपति आर्यघाटमा जलिरहेको शवबाट हाड खरानी किनबेच प्रकरणमा ठाकुर र यादव थरका दुई जना पक्राउ

  • काठमाडौँ । पशुपति आर्यघाटको जलाउन लागिएको शवबाट हाड र खरानी निकालेर किनबेच प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।प्रहरीले पक्राउ गरेका थप दुई जनामा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–७ गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् ।

    प्रहरी स्रोत  अनुसार ठाकुर हड्डी र खरानी खरिद गर्ने व्यक्ति हुन् ।  यादव हड्डी र खरानी खरिद गर्ने कार्यमा ठाकुरलाई सहयोग गर्ने व्यक्ति हुन् ।पक्राउ परेका ठाकुरको साथबाट प्लास्टिक पोकोमा हड्डीको धुलो र खरानी जस्तो देखिने वस्तु बरामद भएको  जनाइएको छ ।

    यसअघि प्रहरीले  यस प्रकरणमा शव गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र विनायक मैनालीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । साउन २३ गते  दिउँसो पशुपति आर्यघाट–२ नम्बर चितामा जल्दै गरेको शवबाट उनीहरूले हाड सहितको खरानी निकालेर बेचेको आरोप उनीहरूमाथि अनुसन्धान भइ आएको छ । ढकाल र मैनालीलाई प्रहरी वृत्त गौशालाले  हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij