Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

सर्लाहीको बागमतीका निलम्बित मेयर भरतकुमार थापालाई ८ वर्ष कैद र ८ करोड जरिवाना

सर्लाहीको बागमतीका निलम्बित मेयर भरतकुमार थापालाई ८ वर्ष कैद र ८ करोड जरिवाना

  •  

    काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष कैद सजाय र ८ करोड रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। अदालतले बिहीबार सजाय तोकेको हो। यसअघि गत साउन २१ गते उनलाई गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा दोषी ठहर गरिएको थियो।

    विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले थापाबाट १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ १३ पैसा असुलउपर गर्ने आदेश पनि दिएको छ। अनुसन्धानमा थापाले ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको प्रमाणित भएको थियो।

    अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम थापा, प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल र योजना शाखा प्रमुख इञ्जिनियर सागर पौडेललाई पनि भ्रष्टाचारी ठहर गर्दै, उनीहरूबाट संयुक्त रूपमा ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसाको बिगो बापत प्रत्येकबाट समान रकम असुल गर्ने आदेश दिएको हो।

    थापा बागमती नगरपालिकाभित्र ‘भरत ताल’ निर्माण गरेर चर्चामा आएका थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij