Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

नागढुंगा सुरुङमार्ग शुल्क निर्धारण : ६० देखि ६०० रुपैयाँसम्म, मोटरसाइकल प्रवेश निषेध

नागढुंगा सुरुङमार्ग शुल्क निर्धारण : ६० देखि ६०० रुपैयाँसम्म, मोटरसाइकल प्रवेश निषेध

  • काठमाडौं । मन्त्रिपरिषद्को गत साउन २६ गतेको बैठकले नागढुंगा सुरुङ मार्ग प्रवेश गर्दा लाग्ने दस्तुर निर्धारण गरेको छ। बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकका १८ वटा निर्णय सार्वजनिक गर्दै यो जानकारी दिएका हुन्।

    सडक विभागले तयार पारेको निर्देशिका अनुसार, नागढुंगा सुरुङ मार्ग प्रयोग गर्दा कार र भ्यानले काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनी बस र ट्रकका लागि आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ, बस र ठूला ट्रकका लागि आउँदा २६० रुपैयाँ र जाँदा २०० रुपैयाँ तोकिएको छ। यस्तै, भारी उपकरणयुक्त सवारी साधनका लागि आउँदा ६०० रुपैयाँ र जाँदा २५० रुपैयाँ दस्तुर तोकिएको छ।

    निर्देशिका अनुसार, मोटरसाइकल तथा डिजेल, पेट्रोलजस्ता प्रज्वलनशील इन्धन बोक्ने गाडीलाई भने सुरुङ मार्ग प्रवेशमा प्रतिबन्ध लगाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij