
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि अमेरिकी डलर सटही सुविधाको सीमा वृद्धि गरेको छ । केन्द्रीय बैंकले विनिमय कारोबार गर्ने निकायको एकीकृत निर्देशनमा संशोधन गर्दै यो व्यवस्था ल्याएको हो ।
संशोधित प्रावधानअनुसार सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीको गरगहना, कलात्मक वस्तु तथा भाँडाकुँडालगायत उत्पादन गर्न औद्योगिक कच्चा पदार्थका रुपमा आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर ५ लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा पाउनेछन् ।
यसअघि चाँदी आयातका लागि यस्तो सटही सुविधा प्रतिपटक ३ लाख डलरसम्म सीमित थियो । राष्ट्र बैंकले सीमा बढाएपछि सुनचाँदी उद्योग व्यवसायीलाई आयातमा सहज हुने अपेक्षा गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij