Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

सिल्क ग्रुपका रमेश शेर्पासहित १० जनाविरुद्ध राजश्व छली मुद्दा, १ अर्ब ७४ करोड दाबी

सिल्क ग्रुपका रमेश शेर्पासहित १० जनाविरुद्ध राजश्व छली मुद्दा, १ अर्ब ७४ करोड दाबी

  •  

    काठमाडौं । राजश्व अनुसन्धान विभागले सिल्क ग्रुपका रमेश शेर्पासहित १० जनाविरुद्ध राजश्व छली सम्बन्धी मुद्दा दायर गरेको छ। विभागले २०८१ पुस २२ गते बरामद गरिएको ८६ हजार ४०० थान भेप प्रकरणमा जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो।

    अभियोगपत्रमा रमेश शेर्पा र विजय शेर्पाको भन्सार चोरी पैठारीमा प्रमुख संलग्नता रहेको उल्लेख छ। उनीहरुमाथि २० करोड १५ लाख रुपैयाँ बिगो र सोही बराबर जरिवाना माग गरिएको छ।

    त्यस्तै, चोरी पैठारी गरिएका भेप लुकाउन प्रयोग गरिएको गोदामका सञ्चालक महेशप्रसाद पाठक र सहयोग गर्ने कर्मचारी सन्तोष पराजुलीलाई मुख्य प्रतिवादीलाई हुने सजायको आधा सजायको मागदाबी गरिएको छ।

    शिल्क ग्रुप प्रालि अन्तर्गतका पाँच कम्पनीहरूले ३८ हजार ९२४ थान भेप बिलरबिजक जारी नगरी बिक्री गरेको प्रमाणित भएको विभागले जनाएको छ। साथै, ३ लाख १६ हजार ३१५ थान भेप नक्कली कारोबारमार्फत देखाइ भ्याट कट्टी दाबी गर्दै राजश्व चुहावट गरेको आरोपसमेत लगाइएको छ।

    यी गतिविधिबाट प्रतिवादीहरू उपर कुल ५७ करोड ८ लाख रुपैयाँ बिगो र सोही बराबर जरिवाना दाबी गरिएको विभागका उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जानकारी दिएकी छन्।

    यसरी, सम्पूर्ण प्रकरणमा विभागले कुल ८७ करोड रुपैयाँ बिगो र जरिवाना सहित १ अर्ब ७४ करोड रुपैयाँ दाबी गर्दै मुद्दा दायर गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij