Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

नेपाल इन्स्योरेन्सको हकप्रद सेयर आवेदन दिने आज अन्तिम दिन

नेपाल इन्स्योरेन्सको हकप्रद सेयर आवेदन दिने आज अन्तिम दिन

  • काठमाडौं । नेपाल इन्स्योरेन्सले गत साउन ६ गतेदेखि निष्काशनमा ल्याएको हकप्रद सेयरमा आवेदन दिने समयसीमा आज (सोमबार) सकिँदैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत अर्थात् ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो। यसअनुसार, सेयरधनीहरुले कायम १० कित्ता सेयरको आधारमा थप ३.४७८३ कित्ता अनुपातमा आवेदन दिन सक्नेछन्।

    प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरले यो हकप्रद सेयर निष्काशन गर्दा कुल ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको पुँजी जुट्नेछ। गत जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

    निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीहरुले बिक्री प्रबन्धकका कार्यालय, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सजिलै आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij