Logo

Aug 18 2025 | २०८२, भदौ २गते

Aug 18 2025 | २०८२, भदौ २गते

images

एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किमको इकाई खरिद अवधि भदौ १२ गतेसम्म लम्बियो

एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किमको इकाई खरिद अवधि भदौ १२ गतेसम्म लम्बियो

  • काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले साउन २९ गतेदेखि निष्कासनमा ल्याएको एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किमको इकाई खरिद अवधि लम्बिएको छ। छिटो अवधि भदौ २ गतेभित्र मागबमोजिम आवेदन नपरेपछि यस योजनाको ढिलो अवधि भदौ १२ गतेसम्म कायम गरिएको हो।

    एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत खुलामुखी योजनाका रूपमा ल्याइएको यस स्किमले प्रति इकाई १० रुपैयाँ अंकित मूल्यमा ५० करोड रुपैयाँ बराबरका ५ करोड इकाई सर्वसाधारणका लागि निष्कासन गरेको हो।

    १० करोड इकाईमध्ये १५ प्रतिशत (१ करोड ५० लाख इकाई)बीज पूँजीको रूपमा योजना व्यवस्थापक एनआईसी एशिया बैंकलाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा ५ करोड इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो।

    निवेशकले इकाई खरिदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउनेछन्। योजना व्यवस्थापनसँगै इकाई निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटलले नै वहन गर्नेछ।

    निवेशकहरूले आवेदन दिनका लागि सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयहरूमार्फत वा अनलाइन प्रणाली ‘मेरो शेयर’ प्रयोग गरी सजिलै आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij