
काठमाडौँ । सरकारले गएको तीन वर्षमा पुँजीगत खर्च जत्तिकै सावाँ ब्याज भुक्तानी गरेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यस्तो देखिएको हो ।
सरकारको बजेट र राजस्व कार्यान्वयन स्थितिबारे महालेखा परीक्षकको कार्यालयले जनाए अनुसार आर्थिक वर्ष २०७८/७९ , २०७९/८० र २०८०/८१को पुँजीगत खर्चको कुल योग ६ खर्ब ४२ अर्ब ८६ करोड ५२ लाख रहेको छ ।सोही अवधिमा सरकारले साँवा ब्याज भुक्तानी ६ खर्ब ६ अर्ब ९१ करोड ४३ लाख गरेको देखिएको हो ।
सरकारले आव २०७८/७९मा पुँजीगत खर्च २ खर्ब १६ अर्ब २१ करोड ३१ लख, आव २०८९/८०मा २ खर्ब ३४ अर्ब ६२करोड ४७ लाख र २०८०/८१ म १ खर्ब ९२ अर्ब २ करोड ७४ लाख खर्च गरेको देखिन्छ ।
सोही अवधिमा सरकारले क्रमशः साँवा ब्याज भुक्तानी १ खर्ब ३९ अर्ब ४७ करोड १०लाख , १ खर्ब ९५ अर्ब १९ करोड ५५ लाख र २ खर्ब ७२ अर्ब २४ करोड ७८ लाख गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सोही अवधिमा चालुखर्च समेत गरी क्रमशः १३ खर्ब १० अर्ब ८ लाख, १४ खर्ब २१अर्ब ३२ करोड ७० लाख र १३ खर्ब ९३ अर्ब ४० करोड १६ लाख गरी ४० खर्ब ४५ अर्ब २५ करोड ९२ लाख खर्च भएका रहेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij