Logo

Aug 18 2025 | २०८२, भदौ २गते

Aug 18 2025 | २०८२, भदौ २गते

images

मंगलबारदेखि सुरु हुने नाडा अटो शो २०२५को तयारी पूरा , उड्ने कारको प्रदर्शनी विशिष्टि हुने

मंगलबारदेखि सुरु हुने नाडा अटो शो २०२५को तयारी पूरा , उड्ने कारको प्रदर्शनी विशिष्टि हुने

  • काठमाडौँ  । अटोमोबाइल्स एसोसिएसन अफ नेपालको (नाडा) को १७औँ सस्करणको नाडा अटो शो ३ गतेदेखि सुरु हुन लागेको छ ।मंगलबार देखि सुरु हुने  नाडा अटो शो २०२५को तयारी द्रुतगतिमा भइरहेको छ । गाडी व्यवसायीहरूको संगठन नाडाले नाडा अटो शो २०२५को तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । भृकुटीमण्डपस्थिति प्रदर्शनी हलमा ‘गो फर मोर’ नाराका साथ यो अटो शोको  आयोजना भइरहेको छ ।
    यसपटकको  संस्करण विशिष्ट र विशेषखालको हुने भएको छ ।  

    डिपलको इभिटल फ्लाइङ ट्रयाक्सी, रोबोटिक्स (डग रोवोट र ह्युमन रोवोट) र विभिन्न भिन्टेज कारहरुको प्रदर्शनीले यसलाई विशेष बनाउने विश्वास गरिएको छ । नेपालमा कानुन बनाउन बाँकी रहेको उड्ने कारको पनि प्रदर्शनी गरिने जनाइएको छ । फ्लाइङ ट्याक्सी नै उड्ने कार हो । फ्लाइङ ट्याक्सी प्रदर्शनीमा राखिने नाडाका अध्यक्ष करण चौधरीले जनाएका छन् ।

    १७ औँ संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ । प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी साधनका ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधनका ब्रान्ड, ४ वटा दुईपांग्रे सवारीका र अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरणहरूको प्रदर्शनी गरिने आयोजकले जनाएको छ । साथै यसमा  ३५ वटा वित्तीय सेवा प्रदायक कम्पनीहरूको सहभागिता रहने जनाइएको छ ।

    अटो शोलाई भव्य, व्यवस्थित र उत्कृष्ट बनाउनका लागि सजावटका कामहरु भइरहेका छन् ।  यसपटकको नाडा अटो शोमा मुख्य आकर्षकका रूपमा उड्ने कारदेखि रोबोटसम्म देख्न सकिने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij