Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

ललितपुरको सातदोबाटोमा  डिलरशिप सुरुवातसँगै एमजीको विस्तार

ललितपुरको सातदोबाटोमा  डिलरशिप सुरुवातसँगै एमजीको विस्तार

  • काठमाडौं। एमजीले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै सातदोबाटो, ललितपुरमा नयाँ अधिकृत डिलरशिपको उद्घाटन गरेको छ । एमजीको विश्वव्यापी एमजी मापदण्डअनुसार तयार गरिएको यो अत्याधुनिक सुविधा ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको बिक्री तथा सेवा अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको हो ।
    यस स्थानका लागि पीआर सप्लायर्सलाई आधिकारिक एमजी डिलरशिपका रूपमा नियुक्त गरिएको छ । प्यारामाउन्ट मोटर्स प्रालिका निर्देशक निकुञ्ज अग्रवालको आतिथ्यमा भएको औपचारिक उद्घाटनले ललितपुरमा एमजीको उपस्थिति विस्तारको ऐतिहासिक क्षणको संकेत गरेको छ ।

    २०८२ भदौ २ गतेदेखि ग्राहकहरूले नयाँ सुविधा सम्पन्न शोरुममा गएर एमजीका प्रिमियम गाडीहरूको अवलोकन गर्न, विशेषज्ञ सल्लाह लिन तथा प्रत्यक्ष रूपमा बुकिङ वा खरिद गर्न सक्नेछन् । यो डिलरशिपले ललितपुर र आसपासका क्षेत्रमा रहेका ग्राहकहरूलाई सहज र व्यक्तिगत अनुभव सहितको कार खरिदको सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ ।

    उद्घाटन कार्यक्रममा आफ्नो उत्साह व्यक्त गर्दै अग्रवालले भने “यो नयाँ डिलरशिप केवल एउटा शोरूम मात्र नभएर यो पूर्ण रुपमा एमजी अनुभवको प्रवेशद्वार हो । विश्वस्तरीय डिजाइन, तालिमप्राप्त कर्मचारी र विस्तृत उत्पादन सूचीसहित हामी ललितपुरका ग्राहकहरूलाई शैली, प्रदर्शन र नवीनताको अद्वितीय संयोजन अनुभव गर्न स्वागत गर्दछौं ।”

    प्यारामाउन्ट मोटर्स प्रा. लि. नेपालमा एमजी गाडीहरूको आधिकारिक वितरक हो, जसले प्रिमियम विद्युतीय तथा इन्धन सञ्चालित गाडीहरूको विस्तारित श्रेणी उपलब्ध गराउँछ । नवीनता, ग्राहक सन्तुष्टि र दिगो यातायातप्रति प्रतिबद्ध प्यारामाउन्ट मोटर्स प्रा. लि. ले पीआर सप्लायर्स जस्ता अधिकृत डिलरशिप मार्फत नेपालभर एमजीको बलियो उपस्थिति देखाइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij