Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् भदौ २ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् भदौ २ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ २ सोमबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति

    काठमाडौँ  । अटोमोबाइल्स एसोसिएसन अफ नेपालको (नाडा) को १७औँ सस्करणको नाडा अटो शो ३ गतेदेखि सुरु हुन लागेको छ ।मंगलबार देखि सुरु हुने  नाडा अटो शो २०२५को तयारी द्रुतगतिमा भइरहेको छ । गाडी व्यवसायीहरूको संगठन नाडाले नाडा अटो शो २०२५को तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । भृकुटीमण्डपस्थिति प्रदर्शनी हलमा ‘गो फर मोर’ नाराका साथ यो अटो शोको  आयोजना भइरहेको छ ।
    यसपटकको  संस्करण विशिष्ट र विशेषखालको हुने भएको छ । 

    नेप्सेमा ९.१६ बिन्दुको वृद्धि, नेप्से परिसूचक २७७०.३९ बिन्दुमा , कारोबार घटेर ६ अर्बमा

    काठमाडौँ । नेप्से परिसूचकमा ९.१६ बिन्दुको वृद्धि भएको छ। ९.१६ बिन्दुको वृद्धि का साथ नेप्से परिसूचक २७७०.३९मा पुगेको छ । कारोबार ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार २सय ९ रुपैया ५२ पैसा भएको छ । यो कारोबार घटेको हो । यसैगरी सोमबार १ करोड ५२ लाख २९ हजार  ८ सय २१ कित्ता शेयरको खरिद बिक्री भएको हो ।

    आइतबार नेप्से परिसूचकमा गिरावट हुँदा कारोबार ७ अर्ब नाघेको थियो भने २ करोड बढी शेयर कित्ताको कारोबार भएको थियो ।

    वैकल्पिक विकास वित्त विधेयकमाथिको दफावार छलफल सकियो, निर्देशक समितिको काम अझै अस्पष्ट

    काठमाडौँ।‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ माथिको दफावार छलफल सकिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकले विधेयकमा राखिएको निर्देशक समितिको काम, कर्तव्य र अधिकारबाहेकका बुँदामा सहमति जुटाएको हो । समिति सभापति सन्तोष चालिसेले विधेयकको दफावार छलफलका क्रममा भएका संशोधनसहितको प्रतिवेदन तयार पारी पेस गर्न निर्देशन दिनुभयो । त्यस्तै, निर्देशक समितिको काम, कर्तव्य र अधिकार थप स्पष्ट हुनेगरी विधेयकमा थप गर्न पनि अर्थ समितिले निर्देशन दिएको छ । यसअघि विधेयकमा वैकल्पिक विकास वित्त कोषमा अर्थसचिव अध्यक्ष रहने गरी सञ्चालक समितिको मात्रै व्यवस्था गरिएकोमा अर्थ समितिले त्यसभन्दा माथि निर्देशक समिति रहनेगरी संशोधन गरेको छ । अर्थमन्त्रीको संयोजकत्वमा रहने निर्देशक समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, मुख्यसचिव र लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सदस्य रहने प्रस्ताव गरिएको छ । तर निर्देशक समितिले के–कस्ता काम गर्ने भन्ने अझै स्पष्ट भइसकेको छैन ।

    अलैँचीको भाउ प्रतिमन (४० केजी) ९४ हजार रुपैयाँ ,यो भाउ सात वर्षकै उच्च

    झापा । ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुआती ‘सिजन’मा नै उच्च भाउ पाएको छ । 

    अलैँचीको खरिद बिक्री हुने नेपालकै ठूलो बजार विर्तामोडमा सोमबार प्रतिमन (४० केजी) ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले बताए । 'यो निकै राम्रो भाउ हो,' उनले भने, 'गत वर्ष अहिलेकै सिजनमा अलैँचीको कारोबार प्रतिमन ४० हजार रुपैयाँसम्ममा भएको थियो ।' अलैँचीको यो भाउ विगत सात वर्षकै उच्च मानिएको छ ।

    विसं २०७५ को अहिलेको सिजनमा अलैँचीको प्रतिमन मूल्य एक लाख पाँच हजार रुपैयाँसम्म पुगेको थियो । सोही सालको मङ्सिरमा मूल्य अझ बढेर प्रतिमन एक लाख सात हजार रुपैयाँ पुगेको थियो । २०६७ सालमा प्रतिमन अलैँची एक लाख २० हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । त्यसभन्दा बढी मूल्यका अलैँचीको कारोबार कहिल्यै भएको छैन ।

    वर्णबास म्युजियम होटलले आईपीओ निष्कासन प्रस्ताव गर्दै , भदौ २३ गते वार्षिक साधारणसभा

    काठमाडौं । वर्णबास म्युजियम होटल लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीको सञ्चालक समितिको साउन ३० गते बसेको बैठकले आईपीओ प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो।

    कम्पनीको दोस्रो वार्षिक साधारणसभा भदौ २३ गते बिहान १० बजे काठमाडौंस्थित गैरीधारा कार्यालयमा आयोजना हुने भएको छ। सभामा आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण अनुमोदन गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ।

    एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किमको इकाई खरिद अवधि भदौ १२ गतेसम्म लम्बियो

    काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले साउन २९ गतेदेखि निष्कासनमा ल्याएको एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किमको इकाई खरिद अवधि लम्बिएको छ। छिटो अवधि भदौ २ गतेभित्र मागबमोजिम आवेदन नपरेपछि यस योजनाको ढिलो अवधि भदौ १२ गतेसम्म कायम गरिएको हो।

    एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत खुलामुखी योजनाका रूपमा ल्याइएको यस स्किमले प्रति इकाई १० रुपैयाँ अंकित मूल्यमा ५० करोड रुपैयाँ बराबरका ५ करोड इकाई सर्वसाधारणका लागि निष्कासन गरेको हो।

    १० करोड इकाईमध्ये १५ प्रतिशत (१ करोड ५० लाख इकाई)बीज पूँजीको रूपमा योजना व्यवस्थापक एनआईसी एशिया बैंकलाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा ५ करोड इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो।

    निवेशकले इकाई खरिदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउनेछन्। योजना व्यवस्थापनसँगै इकाई निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटलले नै वहन गर्नेछ।

    सिटिजन्स म्युचुअल फण्डका दुई योजनाको प्रतिफल प्रयोजनका लागि भदौ १३ गते बुक क्लोज

    काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–२ र सिटिजन्स सुपर–३० म्युचुअल फण्ड योजनाले प्रस्तावित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ। दुबै योजनाले भदौ १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेका छन्।

    यस आधारमा भदौ १२ गतेसम्म कायम रहेका इकाईधनीहरु मात्र प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्। गत आर्थिक वर्ष २०८१/८२ का लागि सिटिजन्स म्युचुअल फण्ड–२ ले करसहित ८.२५ प्रतिशत र सिटिजन्स सुपर–३० ले करसहित १२.७५ प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव गरेका छन्।

    सर्वोत्तम सिमेन्टको नाफा ५७२ प्रतिशतले बढ्दै १ अर्ब ४५ करोड नाघ्यो

    काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा ५७२.५२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले १४ करोड ९३ लाख रुपैयाँ मात्र नाफा गरेको थियो।

    गत वर्ष कम्पनीले सञ्चालनबाट ९ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ भने अन्य आम्दानी १६ करोड १९ लाख रुपैयाँभन्दा बढी पुगेको छ। अन्य आम्दानी अघिल्लो वर्षको तुलनामा २१८ प्रतिशतले बढेको हो। यद्यपि, कम्पनीको कुल खर्च पनि अघिल्लो वर्षभन्दा ५४।३८ प्रतिशतले बढ्दै ९४ करोड ८१ लाख रुपैयाँभन्दा बढी पुगेको छ।

    नेपाल इन्स्योरेन्सको हकप्रद सेयर आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । नेपाल इन्स्योरेन्सले गत साउन ६ गतेदेखि निष्काशनमा ल्याएको हकप्रद सेयरमा आवेदन दिने समयसीमा आज (सोमबार) सकिँदैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत अर्थात् ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो। यसअनुसार, सेयरधनीहरुले कायम १० कित्ता सेयरको आधारमा थप ३.४७८३ कित्ता अनुपातमा आवेदन दिन सक्नेछन्।

    प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरले यो हकप्रद सेयर निष्काशन गर्दा कुल ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको पुँजी जुट्नेछ। गत जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

    आज सुनको मूल्य तोलामा १ लाख ९६ हजार ३०० रुपैयाँ कायम

    काठमाडौँ । आज सुनको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको छ । आइतबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    सामसङले नेपाली उपभोक्ताका लागि QLED टिभीमा भिजन एआई ल्याउँदै

    काठमाडौँ । सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ QLED टिभी मोडेलको नयाँ लाइनअप सार्वजनिक गरेको छ  । जसले नेपाली उपभोक्तालाई क्रान्तिकारी सामसङ भिजन एआई प्रविधि उपलब्ध गराउँछ। यस सुरुवाती प्रस्तुतिको केन्द्रमा रहेको सामसङ भिजन एआई ले नयाँ पुस्ताको एआई क्षमतासहित अद्वितीय होम इन्टर्टेन्मेन्ट अनुभव दिनेछ। नवप्रवर्तनप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहँदै, सामसङको यो नयाँ श्रृंखलाले टिभीसँग प्रयोगकर्ताको सम्बन्धलाई नयाँ परिभाषा दिँदै, तिनलाई दैनिकीलाई अझ समृद्ध बनाउने स्मार्ट साथीमा रूपान्तरण गर्छ।

    सामसङ भिजन एआई को अत्याधुनिक प्रविधिले तस्वीर र आवाजलाई एआई बाट अझ शक्तिशाली बनाउँदै, प्रयोगकर्तालाई व्यक्तिगत अनुभव दिन्छ। यो प्रविधि तीन आधारभूत स्तम्भमा बनेको छ:

    • एआई मोड: उन्नत डीप–लर्निङ्ग एल्गोरिदम प्रयोग गरी, हेर्दै गरेको कन्टेन्ट र वरिपरिको वातावरण अनुसार वास्तविक समयमा मिलाइन्छ। यसले हरेक पटक चमत्कारिक दृश्य र जीवन्त आवाज सुनिश्चित गर्छ।
    • एआई एक्स्पीरीएन्स: प्रयोगकर्ताको रोजाइ समयसँगै सिकेर, कन्टेन्ट सुझाव र सेटिङ्गलाई व्यक्तिगत बनाउँछ। यसले टिभीसँगको सम्पूर्ण अनुभवलाई अझ स्मार्ट र सहज बनाउँछ।
    • मल्टी-दिभाइस कनेक्तिभीटी: टिभीलाई स्मार्टफोन, ट्याब्लेट वा अन्य स्मार्ट उपकरणसँग सजिलै जडान गर्न सकिन्छ। यसले कन्टेन्ट साझा गर्न, नियन्त्रण गर्न र सम्पूर्ण सामसङ इकोसिस्टममा निरन्तरता कायम राख्न सहज बनाउँछ।

    नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय आज अन्तिम दिन रहेको छ । साउन ६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् ।कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४।७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो ।कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख ७४ हजार रुपैयाँ पुग्नेछ ।​​​​हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ ३० गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् ।कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकको केन्द्रिय कार्यालय लाजिम्पाटसँगै शाखा कार्यालय पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर विरगन्ज, गोल्छाचोक विराटनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

    मधेसमा राजस्व सङ्कलनमा ऐतिहासिक वृद्धि, सात वर्षमै दोब्बर बढी

    महोत्तरी ।  मधेसमा राजस्व सङ्कलनमा उल्लेख्य प्रगति भएको छ । गत आर्थिक वर्ष २०८१/८२ को राजस्व सङ्कलन रु पाँच अर्ब ५४ करोड ७२ लाख ३३ हजार भएको छ । यो पछिल्ला सात आर्थिक वर्षकै उच्च हो ।

    सात वर्ष पहिले आव २०७५/७६ मा रु दुई अर्ब ६६ करोड १५ लाख ३६ हजार राजस्व सङ्कलन भएको थियो । सात वर्षअघिको यो रकमभन्दा गत आव २०८१/८२ को सङ्कलन दोब्बर बढी भएको हो ।  

    मधेसको अर्थ मन्त्रालयले यसलाई उल्लेख्य प्रगति भनेको छ । कर प्रशासन सुदृढीकरण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधि बढ्नुले यो उल्लेख्य उपलब्धि हासिल भएको प्रदेशका अर्थ मन्त्रालयका सचिव रामकुमार महतो बताउनुहुन्छ । “राजस्व सङ्कलनमा यो उल्लेख्य प्रगति हो”, सचिव महतोले भन्नुभयो, “यसले अब राम्रो लिक समातेको छ ।”

    चाँदी आयातका लागि अब पाँच लाख डलरसम्मको सटही सुविधा

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा वृद्धि गरेको छ । केन्द्रीय बैंकले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर पु-याएको जनाएको हो । 

    सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनका लागि आयात गर्दा प्रतिपटक तीन लाख अमेरिकी डलर बराबरको सुविधा प्राप्त हुँदै आएको थियो । 

    राष्ट्र बैंकले चाँदी आयात गर्दा प्रतिपटक अब पाँच लाख अमेरिकी डलर बराबरको वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्ने भएको हो । 

    यसैगरी अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्मको सुविधा प्रदान गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

    पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति

    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको छ । रघुगङ्गामा निर्माणाधीन र निर्माणको अन्तिम चरणमा रहेका पाँच  जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति थालिएको हो । 

    गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र र मौवाफाँटदेखि झिँ, पाखापानी, दग्नाम, चिमखोला र कुइनेमङ्गले जोड्ने सडकको अप्ठ्यारो ठाउँमा ढलान गर्न थालिएको जानकारी दिनुभयो । 

    गाउँपालिकाको संयोजनमा गत फागुन र चैत महिनामा भएको राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधि समेतको छलफलमा जलविद्युत् आयोजनाले जनाएको पहुँच मार्गको रुपमा प्रयोग गरेको सडक स्तरोन्नति गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न थालेका उहाँले बताउनुभयो । 

    आयोजनाहरुले प्रयोग गरेको सडक स्तरोन्नतिमा बेवास्ता, सामाजिक उत्तरदायित्वको रकम र खर्चको विवरण सार्वजनिक नगरेपछि जनप्रतिनिधि र स्थानीयवासीले आन्दोलन गरेका थिए । रघुगङ्गामा ३५ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला– राहुघाट–मङ्गले र २१ दशमलव तीन मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजना निर्माण सकिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij