
काठमाडौं । साउनमा पुँजी बजारबाट २ अर्ब १५ करोड लाभकर उठेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा पुँजी बजारबाट २ अर्ब १५ करोड ७५ लाख ६९ हजार ६१ रुपैयाँ बढी लाभकर उठेको हो ।
यस अवधिमा पुँजी बजारका व्यक्तिगत लगानीकर्ताले लामो समय अवधिको सेयर बेचेर ६५ करोड २ लाख ५९ हजार ८६९ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । यसैगरी, छोटो अवधिको सेयर बेचेर एक महिनामा व्यक्तिगत लगानीकर्ताले १ अर्ब २१ करोड ४१ लाख ४२ हजार ५९६ रुपैयाँ लाभकर तिरेको देखिन्छ ।
संस्थागत लगानी कर्ताले यस अवधिमा २९ करोड ३१ लाख ६६ हजार ५९४ रुपैयाँ बराबरको लाभकर तिरेका छन् । साउनमा पुँजी बजार जम्मा ८२ अंकमात्र बढेको छ । साउनमै पुँजी बजार ३ हजार बिन्दु माथि पुगेर विगतको रेकर्ड तोड्न नसकी फर्किएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij