Logo

Aug 19 2025 | २०८२, भदौ ३गते

Aug 19 2025 | २०८२, भदौ ३गते

images

विश्वप्रख्यात, Geely EX 5 र JY Air, आज NADA मा सार्वजनिक

विश्वप्रख्यात, Geely EX 5 र JY Air, आज NADA मा सार्वजनिक

  • काठमाडौं। विश्वप्रसिद्ध चिनियाँ ईभी ब्रान्ड Geely EX 5 र JY Air का गाडीहरु आज मंगलबारदेखि सुरु भएको NADA को उद्घाटन समारोहको क्रममा औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
    सार्वजनिक भएसँगैं Geely EX 5 Max  र Pro साथै JY Air Ultra र Lite    अत्याधुनिक सुविधाहरू र आकर्षक छुटसहित नेपाली उपभोक्ताहरूका लागि आजदेखि टेष्ट ड्राइभ र खरिद दुवैका लागि उपलब्ध भएका छन्। 
    DreamSmart China को अधिकृत आयातकर्ताLRR Motors ले नेपालमा Geely EX5 भित्राएको हो, भनेLRR Motors JY Auto Group को नेपालको लागि पनि आधिकारिक आयातकर्ता रहेको छ । 
    यस वर्षको NADA Auto Show  मा कम्पनीले अटोप्रेमी र खरिदकर्ताहरूका लागि विशेष छुट योजना घोषणा गरेको छ। अब ग्राहकहरूले आकर्षक Geely EX5 Max रु. ६४.९९ लाखमै घर लैजान सक्नेछन्, जुन वास्तविक मूल्य भन्दा रु. ३ लाख कम हो। त्यस्तै, स्टाइलिश Geely EX5 Pro रु. ५४.९९ लाखमा उपलब्ध छ, जबकी यसको वास्तविक मूल्य रु. ५८ लाख कायम भएको थियो । 

    j.jpg

    त्यसैगरीJY Air का प्रिमियम मोडलहरूमा पनि आकर्षक छुट योजना ल्याइएको छ। सुरुमा रु. ६८ लाखको मूल्य रहेको JY Air Ultra अहिले रु. ६४.९९ लाखमा उपलब्ध छ भने सुरुमा रु. ५४ लाख मूल्य भएको JY Air Lite केवल रु. ४९.९९ लाखमै खरिद गर्न सकिनेछ। यी विशेष अफरहरूसँगै,LRR Motors ले  स्टाइल , फिचर र दिगोपनामा रुचि राख्ने नेपाली उपभोक्ताहरूमाझ ई–मोबिलिटीलाई अझ सहज र आकर्षक बनाउन लागेको छ।
    यसैगरी,LRR Motors ले Geely EX5  र JY Air दुवै मोडल खरिद गर्ने ग्राहकहरूका लागि विशेष बुकिङ योजना पनि घोषणा गरेको छ। रु. २ लाखको ननरिफण्डेबल बुकिङ गर्ने खरिदकर्ताले छुटसहितको मूल्य सुनिश्चित गर्नुका साथै iPhone १६ Pro Max, वा एक तोला सुन, वा रु. १,८०,००० सम्मको नगद छुट मध्ये कुनै एक पाउने अवसर प्राप्त गर्नेछन्। यो सीमित अवधिको अफरले ग्राहकलाई थप मूल्य प्रदान गर्नेतर्फको कम्पनीको प्रतिबद्धता झल्काउने तथा ई–मोबिलिटीलाई अझ आकर्षक बनाउने कम्पनीको विश्वास लिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij