Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

विकास हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, भदौ ४ गतेदेखि कारोबार सुरु

विकास हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, भदौ ४ गतेदेखि कारोबार सुरु

  •  

    काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा औपचारिक रूपमा सूचीकृत भएको छ। नेप्से र कम्पनीबीच प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ९० लाख ९१ हजार १३ कित्ता साधारण शेयर सूचीकरण सम्झौता सम्पन्न भएको हो। यससँगै कम्पनीलाई नेप्सेले कारोबार कोड द्यज्ऋी प्रदान गरेको छ।

    कम्पनीले प्रभु क्यापिटल लिमिटेडमार्फत शेयर निष्काशन गरेको हो। नेप्सेले दिएको जानकारीअनुसार, कुल ९० लाख ९१ हजार १३ कित्ता शेयरमध्ये सर्वसाधारणका लागि ४४ लाख ५७ हजार ५९६ कित्ता ९४९ प्रतिशत) र संस्थापकका लागि ४६ लाख ३६ हजार ४१७ कित्ता (५१ प्रतिशत)सूचीकृत गरिएको छ। यो सूचीकरण प्रक्रिया धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम भदौ १ गतेको निर्णयअनुसार सम्पन्न गरिएको हो।

    नेप्सेले कम्पनीको शेयर कारोबार आगामी भदौ ४ गतेदेखि सुरु हुने जनाएको छ। प्रारम्भिक कारोबारका लागि कम्पनीलाई ९७ रुपैयाँ ४३ पैसा देखि २९२ रुपैयाँ ९२ पैसा सम्मको मूल्य दायरा तोकिएको छ। स्पेशल प्रि(ओपन सेसनमा कम्पनीको पहिलो शेयर कारोबार यही दायराभित्र हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij