
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले अवैध प्लटिङ तथा राजनीतिक संरक्षणमा कानुन विपरीतका घरजग्गा कारोबारबाट ५ हजार रोपनी जग्गाको संरक्षण गरेको जनाएको छ । अवैध प्लटिङ तथा सरकारी कर्मचारीको बदमासीको विषयमा लामो अभियान सञ्चालन गरी प्राधिकरणले ३ खर्ब रुपैयाँ बराबरको ५ हजार रोपनी जग्गाको कारोबार तथा प्लटिङ रोकेको बताएको हो ।
प्राधिकरणले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी अवैध प्लटिङ्गले जोखिम निम्त्याउने चिन्ता व्यक्त गरेको छ ।प्राधिकरणले हालसम्मकै यो ठूलो अपरेसन भएको दाबी गरेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रमा २० फिट बाटो, खोला छेउको जग्गा खण्डीकरण गर्ने काम रोकेको प्राधिकरणले जनायो ।प्राधिकरणले ऐन अन्तर्गत नरहेको जग्गाको कित्ताकाट पनि रोकेको बताएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij