Logo

Aug 21 2025 | २०८२, भदौ ५गते

Aug 21 2025 | २०८२, भदौ ५गते

images

पहिरोले  अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड अवरुद्ध

पहिरोले  अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड अवरुद्ध

  •  काभ्रेपलाञ्चोक । अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डमा खसेको सुख्खा पहिरोले यातायात  पूर्णरूपमा बन्द गरिदिएको छ ।धुलिखेल नगरपालिका–८, ठकुरीगाउँ चन्दडाँडामा बिहीबार बिहान १० बजे तिर खसेको सुख्खा पहिरोले बाटो अवरुद्ध भएको हो ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी सार्वजनिक गरे अनुसार पहिरोका कारण सडक दुवैतर्फका सवारी साधन रोकिएका छन् । यात्रुहरु बाटोमै अलपत्र परेका छन् भने लामो दूरीका सार्वजनिक यातायातसमेत अड्किनु परेको छ ।

    प्रहरी र स्थानीयको सहयोगमा सडक खुलाउने प्रयास भइरहेको र डोजर परिचालन गरेर पहिरो हटाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। तर सुख्खा माटो र ढुंगाको थुप्रो धेरै भएकाले सडक खुलाउन केही समय लाग्ने अनुमान छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij