Logo

Aug 21 2025 | २०८२, भदौ ५गते

Aug 21 2025 | २०८२, भदौ ५गते

images

सिरहामा भन्सार छलीका सामानसहित गाडी नियन्त्रण

सिरहामा भन्सार छलीका सामानसहित गाडी नियन्त्रण

  • सिरहा।सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिरहा अन्तर्गतको गस्ती टोलीले भन्सार छलीका सामानसहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ । बुधबार राति करिब साढे ९ बजे मिर्चैया नगरपालिका–९ घुर्मी पुलस्थित पूर्व–पश्चिम राजमार्गमा जाँच गर्ने क्रममा सशस्त्र बेश क्याम्प मिर्चैयास्थित सशस्त्र प्रहरी निरीक्षक अनिल खड्काको कमाण्डमा खटिएको गस्ती टोलीले स १ च १०४८ नम्बरको सिंगल क्याप बोलेरो गाडी नियन्त्रणमा लिएको हो ।

    गाडीमा बिलबिजक नभएको चिनी ४० बोरा, कविर सुर्ती २० बोरा र केराउ पाँच बोरासमेत गरी करिब रु तीन लाख २३ हजार मूल्य बराबरको सामान फेला परेको सशस्त्र प्रहरी नम्बर ७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सो बोलेरो गाडीको मूल्य रु नौ लाख ५० हजार रहेको र सामानसहित जम्मा रु १२ लाख ७३ हजार बराबर रहेको छ । साथै गाडी चालक उदयपुरको कटारी नगरपालिका–१३ मयाङखु बस्ने २१ वर्षीय सागर खत्रीलाई समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएको सामान तथा गाडी भन्सार कार्यालय बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij