Logo

Aug 23 2025 | २०८२, भदौ ७गते

Aug 23 2025 | २०८२, भदौ ७गते

images

नेप्से परिसूचक एक सातामा ३० अंकले घट्दै २७५७ विन्दुमा, कारोबार रकम र बजार पूँजीकरणमा उल्लेख्य गिरावट

नेप्से परिसूचक एक सातामा ३० अंकले घट्दै २७५७ विन्दुमा, कारोबार रकम र बजार पूँजीकरणमा उल्लेख्य गिरावट

  • काठमाडौं।यस साता शेयर बजारमा गिरावट आएको छ। गत साता २७८८.३६ विन्दुमा बन्द भएको नेप्से परिसूचक यस साता १.०९ प्रतिशत अर्थात ३०.३९ अंक घटेर २७५७.९७ विन्दुमा झरेको छ।

    पाँच कारोबार दिनमध्ये २ दिन नेप्से सामान्य अंकले बढे पनि बाँकी ३ दिनमा बजार घटेर बन्द भएको हो।

    यस साता सेन्सेटिभ इण्डेक्स ४.५६ अंकले, फ्लोट इण्डेक्स १.८७ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३६ अंकले घटेका छन्।

    बजार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। गत साता दैनिक औसत ७ अर्ब ६९ करोडको तुलनामा यस साता दैनिक औसत ५ अर्ब ९५ करोडमा झरेको छ, जुन २२.५६ प्रतिशत कम हो। त्यस्तै, दैनिक औसत शेयर संख्या १६.७९ प्रतिशतले र कारोबार संख्या १९.०९ प्रतिशतले घटेको छ।

    कुल बजार पूँजीकरण पनि यस साता १ प्रतिशतले घटेको छ। गत साताको अन्तिम दिन ४६ खर्ब ५६ अर्ब रुपैयाँ रहेको पूँजीकरण ४७ अर्बले घट्दै ४६ खर्ब ८ अर्ब रुपैयाँमा सीमित भएको छ।

    उपसमूहगत स्थिति

    १३ उपसमूहमध्ये यस साता होटल तथा पर्यटन उपसमूहबाहेक सबै उपसमूह घटेका छन्। होटल तथा पर्यटन उपसमूहको परिसूचक १.२३ प्रतिशत बढ्दै ७०४२.२५ विन्दुमा पुगेको छ।
    त्यस्तै, अन्य उपसमूह २.४५ प्रतिशतले घट्दै २५९५.७९ विन्दुमा झरेको छ भने जीवन बीमा उपसमूह १०२.४६ अंकले घट्दै अंकका आधारमा सबैभन्दा बढी गिरावट भोगेको छ।

    नयाँ सूचीकरण र शेयर मूल्य उतारचढाव

    यस साता नेप्सेमा १ करोड ६३ लाख ७७ हजार ७९.५४ कित्ता शेयर सूचीकृत भएको छ। यस अन्तर्गत नेशनल लाइफ इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सको बोनस शेयर तथा विकास हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएका हुन्।

    कम्पनीगत हिसाबले पियोर इनर्जी लिमिटेडको शेयरमूल्य सर्वाधिक ९.७९ प्रतिशत बढ्दै ९५१ रुपैयाँ १५ पैसामा पुगेको छ भने सम्पदा लघुवित्तको शेयरमूल्य १३.७७ प्रतिशतले घट्दै सबैभन्दा बढी गिरावट भोगेको छ। अन्य स्टकहरुको मूल्य घट्ने दर भने ८ प्रतिशतभन्दा कम रहेको छ।

    फ्लोरसिट विश्लेषण

    फ्लोरसिटका आधारमा यस साता नबिल ब्यालेन्स्ड फण्ड–३, प्रभु सेलेक्ट फण्ड र मध्य भोटेकोशी जलविद्युत कम्पनी मोस्ट पपुलर बाइ स्टकको शीर्षमा परेका छन्।
    त्यस्तै, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, युनाइटेड अजोड इन्स्योरेन्स र मोलुङ हाइड्रोपावर कम्पनी मोस्ट पपुलर सेल स्टकको सूचीमा रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij