
काठमाडौं ।साताको कारोबार दिन सोमबार (भदौ ९ गते) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.२२ अंकले बढेर २७६३.१८ बिन्दुमा बन्द भएको छ, जसले बजारमा ०.८४ प्रतिशतको वृद्धि देखाएको छ।
आज कूल ५ अर्ब ७५ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबारमा आएका ३१७ कम्पनीका १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता सेयर किनबेच भएका छन् भने कूल ५७ हजार १५७ कारोबार सम्पन्न भएका छन्।
आज १८२ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने ६८ कम्पनीका सेयर घटेका छन्। कुनै पनि कम्पनीको मूल्य यथावत् रहेन।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij