Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

नेपाल आउने र जानेले ५ हजार अमेरिकी डलर बराबर नगद लान लैजान पाउने

नेपाल आउने र जानेले ५ हजार अमेरिकी डलर बराबर नगद लान लैजान पाउने

  • काठमाडौँ । नेपाल आउने व्यक्तिले  ५ हजार अमेरिकी डलरसम्म नगद लिएर आउन र जान पाउने भएका छन् ।उनीहरूलाई यसका लागि भन्सार घोषणा गर्नुपर्ने आवश्यकता नपर्ने भएको हो ।

     नेपाल राष्ट्र बैंकले ५ हजार डलरसम्म नगद नेपालमा ल्याउन वा लैजान भन्सार घोषणा गर्नु नपर्ने जनाएको छ ।राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली वा विदेशी नागरिकले नगद अमेरिकी डलर पाँच हजारसम्म वा सो बराबर अन्य विदेशी मुद्रा सहज रूपमा नेपालमा ल्याउन वा लैजानसक्ने व्यवस्था गरेको जनाएको छ ।

    त्यो भन्दा बढी रकम ल्याउँदा वा लैजाँदा भन्सार कार्यालयमा खुलाउनुपर्ने जनाइएको छ । राष्ट्र बैंककाअनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ५ र १२ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ९९९क० को आधारमा कायम गरिएको हो ।

    भारतीय रुपैयाँको प्रयोगसम्बन्धी प्रतिबन्धहरूबारे समेत यस्तै राष्ट्र बैंकले राजपत्रमा उल्लेख भएअनुसार सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १००० का नोट नेपालमा प्रयोग गर्न नपाइने जनाएको छ ।  राष्ट्र बैंकले २००, ५०० र २००० भारतीय रुपैयाँ दरका नोट नेपाल ल्याउन, साथमा राख्न वा कारोबार गर्न नपाउने स्मरण गराएको छ ।

    ‘नेपालभित्र भारतीय रुपैयाँ २००, ५०० र २ हजारका नोट साथमा राख्ने, ओसारपसार गर्ने वा कारोबार गर्ने कार्य कानून विपरीत हुनेछ’ सूचनामा भनेको छ । राष्ट्र बैंकले यसबारेमा सर्वसाधारणलाई सजग रहन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij