Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

राष्ट्र बैंकद्वारा ४३ करोड थान नयाँ हजार दरका नोट छाप्ने प्रक्रिया सुरु

राष्ट्र बैंकद्वारा ४३ करोड थान नयाँ हजार दरका नोट छाप्ने प्रक्रिया सुरु

  • काठमाडौँ।नेपाल राष्ट्र बैंकले एक हजार दरका नयाँ नोट छाप्ने प्रक्रिया अगाडि बढाएको छ। केन्द्रीय बैंकले यसपटक करिब ४३ करोड थान नयाँ नोट छाप्न लागिरहेको हो।

    यसका लागि राष्ट्र बैंकले आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै इच्छुक कम्पनीलाई प्रस्ताव पेस गर्न आग्रह गरेको छ। इच्छुक कम्पनीले आउँदो अक्टोबर ९ तारिखभित्र बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने स्थान राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ विभाग तोकिएको छ।

    प्रस्ताव पेस गर्ने कम्पनीले २० हजार रुपैयाँ वा १४४ अमेरिकी डलर वा १२३ युरो वा १०७ पाउन्ड धरौटी राख्नुपर्नेछ। छनोट भएका कम्पनीले नोटको डिजाइन, छपाइदेखि आपूर्तिसम्मको सम्पूर्ण जिम्मेवारी वहन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij