
काठमाडौँ । अमेरिकाले मंगलबार भारतमाथि थप २५% आयात शुल्क लगाउने आधिकारिक सूचना जारी गरेको छ। भारतीय समयअनुसार यो कर भोलि, अगस्ट २७ बिहान ९ः३१ बजेदेखि लागू हुने भएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले यसअघि अगस्ट ६ मा भारतले रूसबाट तेल खरिद गरेको कारण जरिवाना स्वरूप यो कर घोषणा गरेका थिए। अगस्ट ७ देखि नै भारतमा २५% कर लागू भइसकेको थियो। नयाँ निर्णयसँगै अब अमेरिकामा निर्यात हुने भारतीय सामानमा कुल कर ५०% सम्म पुग्नेछ।
मंगलबार जारी आदेशमा उल्लेख छ— “सूचीमा समावेश गरिएका सामानहरू भारतबाट अमेरिका भित्र्याइए वा गोदामबाट बाहिर निकालिँदा नयाँ कर लागू हुनेछ।”
गहना, कपडा, अटोमोबाइल र समुद्री खाना उद्योग सबैभन्दा बढी प्रभावित हुने सम्भावना।
कर नघटाइए वा सम्झौता नहुँदा ४८.२ अर्ब डलर बराबरको निर्यातमा प्रत्यक्ष असर पर्ने विज्ञहरूको अनुमान।
आईटी, औषधि र इलेक्ट्रोनिक्स क्षेत्र भने प्रभावित नहुने बताइएको छ।
निर्यात घट्दा उत्पादनमा कमी आउन सक्ने, जसका कारण रोजगारी गुम्ने खतरा।
गहना, कपडा, मेसिनरी र रसायन क्षेत्रका कामदारहरू सबैभन्दा बढी जोखिममा।
निर्यात घट्दा सरकारको आम्दानी र जीडीपी वृद्धि दरमा गिरावट।
विज्ञहरूले भारतको जीडीपी वृद्धिमा ०.२% देखि ०.६% सम्म कमी आउन सक्ने अनुमान गरेका छन्।
सरकारलाई नयाँ व्यापार नीति र रणनीति बनाउनुपर्ने अवस्था आउन सक्नेछ।
अमेरिका बाहेकका ५० देशसँग नयाँ निर्यात रणनीति तयार।
चीन, मध्यपूर्व, अफ्रिका, युरोप लगायतका बजारतर्फ निर्यात विस्तार गर्ने तयारी।
भारतले आइसल्याण्ड, नर्वे, स्विजरल्याण्डलगायतसँग स्वतन्त्र व्यापार सम्झौता गरिसकेको छ, बेलायतसँगको सम्झौता अर्को वर्ष लागू हुने सम्भावना।
भारत हाल चीनपछि रूसबाट तेल खरिद गर्ने दोस्रो ठूलो देश हो।
२०२३ मे सम्ममा रूसी तेल आयात ०.२% बाट बढेर ४५% पुगेको थियो।
पछिल्ला दुई वर्षमा भारतले १३० अर्ब डलरभन्दा बढी मूल्यको रूसी तेल खरिद गरेको छ।
यही कारण अमेरिकाले थप कर लगाएको बताइएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij