Logo

Aug 27 2025 | २०८२, भदौ ११गते

Aug 27 2025 | २०८२, भदौ ११गते

images

चित्रकलाका माध्यमबाट देशलाई चिनाउने अभियान

चित्रकलाका माध्यमबाट देशलाई चिनाउने अभियान

  • गण्डकी। चित्रकलाका माध्यमबाट देशलाई चिनाउने महाअभियानमा जुट्नुभएका कलाकार नगेन सिंहठकुरीले नवलपरासीपूर्वको बौदीकाली गाउँपालिका स्थित अकला मन्दिरलाई क्यानभासमा उतार्नुभएको छ । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्व सम्पदा पशुपतिनाथ, मुक्तिनाथ, लाङटाङ, चितवन राष्ट्रिय निकुञ्जका माध्यमबाट विश्वमञ्चमा नेपाल परिचित भए पनि देशका ७७ वटै जिल्लाका कम्तीमा तीनवटा धार्मिक, प्राकृतिक वा सांस्कृतिक सम्पदालाई क्यानभासमा उतारी ‘नेपाल कला यात्रा’ पुस्तक तयार गर्ने लक्ष्यअनुुरुप उहाँले अकला मन्दिरलाई क्यानभासमा कोर्नुभएको हो । रासससँग सङ्क्षिप्त कुरा गर्दै प्राज्ञ सिंहले कला यात्रा पुस्तकलाई १९७ भाषामा अनुवाद गरी विश्वभरका विश्वविद्यालय र पुस्तकालयहरूमा वितरण गरिने बताउनुुभयो ।

    लामो समयदेखि कला क्षेत्रमा त्रियाशील उहाँले हालसम्म १५० भन्दा बढी सम्पदास्थललाई क्यानभासामा उतारिसक्नुुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्य रहिसक्नुभएका उहाँले राष्ट्रको उन्नयनका निम्ति हरेक नेपालीले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताउनुभयो । अकला देवीको मन्दिर कालीगण्डकी उपत्यकाको प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल हो । –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij