Logo

Oct 29 2025 | २०८२, कात्तिक १२गते

Oct 29 2025 | २०८२, कात्तिक १२गते

images

ग्रीन भेञ्चरले  कालीगण्डकी गर्ज हाइड्रोपावरको ५१ प्रतिशत सेयर किन्यो

ग्रीन भेञ्चरले  कालीगण्डकी गर्ज हाइड्रोपावरको ५१ प्रतिशत सेयर किन्यो

  • काठमाडौं। ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाइड्रोपावर कम्पनीको ५१ प्रतिशत संस्थापक सेयर खरिद गरेको छ।कम्पनीले कालीगण्डकी गर्ज हाइड्रोपावरसँग सेयर खरिद सम्झौता मंगलबार गरेको हो। कालीगण्डकी गर्ज हाइड्रोपावरले म्याग्दी र मुस्ताङ जिल्ला स्थित कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्धजलाशययुक्त आयोजनाको निर्माण गरिरहेको छ।

    कम्पनीले  आयोजनाको विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त भइसकेकोे जनाएको छ। लक्ष्मी सनराइज बैंकको अगुवाइमा विभिन्न बैंकहरुको सहवित्तीयकरण समूहले सो आयोजनामा लगानी गर्ने गरी यसअघि नै वित्तीय व्यवस्थापनको काम पूरा भइसकेको छ।

    कालीगण्डकी गर्ज हाइड्रोपावरको अनुमानित कुल लागत ३९ अर्ब ५० करोड रहेको छ। यसमा ऋण तथा स्वपुँजीको अनुपात ७५ः२५ रहनेछ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij