Logo

Aug 28 2025 | २०८२, भदौ १२गते

Aug 28 2025 | २०८२, भदौ १२गते

images

चाडपर्व सुरु भएसँगै अण्डाको मूल्य बढ्यो

चाडपर्व सुरु भएसँगै अण्डाको मूल्य बढ्यो

  • चितवन। चाडपर्व सुरु भएसँगै अण्डा खपतमा वृद्धि भएको छ। उत्पादन घट्दा र माग बढ्दा अण्डाको मूल्यमा उल्लेखनीय वृद्धिसमेत देखिएको छ।

    नेपाल अण्डा उत्पादक सङ्घले अण्डाको समर्थन मूल्य वृद्धि गरेको जनाएको छ। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार, आगामी बिहीबारदेखि ठूलो अण्डा (३० वटा) रु ५४५ र मझौला अण्डा रु ५३० कायम हुनेछन्। यससँगै खुद्रा बजार मूल्य प्रतिगोटा रु २३ निर्धारण गरिएको छ।

    हाल नेपालमा अण्डाको औसत लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ रहेको छ भने नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा १८.१६ रुपैयाँ पाउनेछन्। लामो समयसम्म लागत मूल्य नपाएका किसानका लागि यसले राहतको अनुभूति दिलाउनेछ।

    यस वर्ष साउन महिनामा समेत माग नघटेको र मूल्य बढ्ने क्रम जारी रहेको अध्यक्ष पोखरेलले बताए। हाल कुखुरा पालिरहेका किसान विगतका नोक्सानका कारण संकटमा छन्।

    नेपाल अण्डा उत्पादक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार, अण्डाको दैनिक उत्पादन ४० लाखभन्दा बढी हुने गरेपनि अहिले २२ लाखको हाराहारीमा झरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij