Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

नेपाल बैंकका कर्मचारी, परिवार र ग्राहकलाई कोटबारी रिसोर्टमा १०–१५% छुट

नेपाल बैंकका कर्मचारी, परिवार र ग्राहकलाई कोटबारी रिसोर्टमा १०–१५% छुट

  •  

    काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी, कर्मचारीका परिवारका सदस्य तथा बैंकमा खाता रहेका ग्राहकले अब नुवाकोटको दुप्चेश्वर–७ मा अवस्थित कोटबारी होटेल प्रा।लि। रिसोर्टमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

    नेपाल बैंक र कोटबारी होटेलबीच भएको विशेष सम्झौताअनुसार रिसोर्टले प्रदान गर्ने विभिन्न सेवामा लाग्ने शुल्कमा छुट लागू हुनेछ। बैंकका प्रमुख सूचना अधिकारी होमबहादुर खड्काका अनुसार सम्झौता कार्यान्वयनमा आएपछि कर्मचारी, परिवारका सदस्य र ग्राहक सबैले रिसोर्टका सेवामा समान लाभ लिन सक्ने व्यवस्था मिलाइएको छ।

    सम्झौतापत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र कोटबारी होटेल प्रा।लि।का महाप्रबन्धक आनन्द सिंह ठकुरीले हस्ताक्षर गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij