Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

अमेरिकी अदालतले ट्रम्पका अधिकांश ट्यारिफलाई अवैध ठहर गर्‍यो, सर्वोच्च अदालतमा जाने सम्भावना

अमेरिकी अदालतले ट्रम्पका अधिकांश ट्यारिफलाई अवैध ठहर गर्‍यो, सर्वोच्च अदालतमा जाने सम्भावना

  • काठमाडौँ । अमेरिकाको एक अपीलीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका अधिकांश ट्यारिफलाई अवैध घोषित गरेको छ। अदालतले ७–४ को बहुमतमा सुनाएको निर्णयमार्फत यी शुल्कहरू कानुनविपरित र अमान्य रहेको ठहर गर्दै ट्रम्पको तर्क अस्वीकार गरेको हो।

    यो फैसला विशेष गरी चीन, मेक्सिको र क्यानाडासहित धेरै देशमा लगाइएका ‘रेसिप्रोकल’ ट्यारिफलाई प्रभावित गर्नेछ। अदालतले राष्ट्रपतिलाई आपतकालीन आर्थिक शक्तिअन्तर्गत ट्यारिफ लगाउने अधिकार छैन, बरु त्यसको मुख्य अधिकार संसदसँग मात्र रहेको स्पष्ट पारेको छ।

    यद्यपि यो निर्णय अक्टोबर १४ देखि मात्र लागू हुनेछ, जसले ट्रम्प प्रशासनलाई सर्वोच्च अदालतमा अपील गर्ने अवसर दिनेछ। यसअघि पनि न्यूयोर्कस्थित अन्तर्राष्ट्रिय ट्रेड कोर्टले यी ट्यारिफलाई अवैध ठहर गरिसकेको थियो।

    फैसला आएपछि राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मा प्रतिक्रिया दिँदै अदालतलाई पक्षपाती भनेका छन्। उनले ट्यारिफ हटाइए अमेरिकाको अर्थतन्त्रमा ठूलो संकट आउने चेतावनी दिएका छन्।

    यो मुद्दा अब अमेरिकी सर्वोच्च अदालतमा पुग्ने निश्चित देखिएको छ। सर्वोच्च अदालतले यसलाई राष्ट्रपतिको अधिकारको अतिक्रमण हो वा कानुनसम्मत भन्नेबारे अन्तिम निर्णय गर्नेछ। राजनीतिक रूपमा पनि यो फैसला ट्रम्पका लागि ठूलो चुनौतीका रूपमा देखिएको छ, यद्यपि सर्वोच्च अदालतमा रिपब्लिकनले नियुक्त गरेका न्यायाधीशहरूको बहुमत भएकाले ट्रम्प प्रशासनलाई केही राहत हुने सम्भावना रहेको विश्लेषण गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij