Logo

Oct 22 2025 | २०८२, कात्तिक ५गते

Oct 22 2025 | २०८२, कात्तिक ५गते

images

प्यारामाउन्ट मोटर्सद्वारा प्रियंका रानी जोशी एमजी एसफाइभ इभीको ब्रान्ड एम्ब्यासडर नियुक्त

प्यारामाउन्ट मोटर्सद्वारा प्रियंका रानी जोशी एमजी एसफाइभ इभीको ब्रान्ड एम्ब्यासडर नियुक्त

  • काठमाडौं। नेपालका लागि एमजी (मोरिस गराजेज) को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लि., ले मिस नेपाल वल्र्ड २०२२ र चर्चित मोडल प्रियंका रानी जोशीलाई स्टाइलिश र डायनामिक एमजी एसफाइभ इभीको ब्रान्ड एम्ब्यासडरको रूपमा आधिकारिक रूपमा नियुक्त गरेको घोषणा गरेको छ।

    यस सम्झौतासम्बन्धी हस्ताक्षर समारोह भदौ ११ गते, बुधबार प्यारामाउन्ट मोटर्सको काठमाडौंस्थित शोरुममा सम्पन्न भयो। यो साझेदारी दुई वर्षका लागि हुनेछ।

    एमजीको दृष्टिलाई अघि बढाउने दुई वर्षे  साझेदारीमार्फत, प्रियंका नेपालमा एमजी एस–फाइभ इभीको फेस बन्नेछ्,ि र आगामी दुई वर्षसम्म यसका स्टाइल र इनोभेशनलाई प्रस्तुत गर्नेछिन्।

    स्टाइल र परफर्मेन्ससँगको मेल साझेदारीको घोषणा गर्दै, प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल बहादुर क्षेत्रीले भने “प्रियंकाले आत्मविश्वास, शालीनता र आधुनिक गतिशीलताको प्रतिनिधित्व गर्नुहुन्छ। यी गुणहरू एमजी एस–फाइभ इभी र एमजी ब्रान्डसँग पूर्ण रूपमा मेल खान्छन्। हामी उहाँलाई एमजी परिवारमा स्वागत गर्न पाउँदा अत्यन्तै खुशी छौं र सँगै नयाँ दर्शकहरूसम्म पुग्ने अपेक्षा राख्छौं।”

    एमजी यात्रामा प्रियंका रानी जोशी उत्साह व्यक्त गर्दै प्रियंकाले भनिन् ,“एमजीसँग विशेषतः एमजी एसफाइभ इभीसँग आबद्ध हुन पाउँदा म अत्यन्त उत्साहित छु। एमजी इनोभेशन, पर्फर्मेन्स र सफिस्टिकेशनको प्रतीक हो । प्यारामाउन्ट मोटर्स र एमजीसँगको यो रोमाञ्चक यात्राको लागि मा उत्साहित छु।”

    साझेदारीले नेपालका युवा र सवारीप्रेमी दर्शकहरूसँग एमजीको सम्बन्ध अझ बलियो बनाउने प्रियंका रानी जोशीको ब्रान्ड एम्ब्यासडरको रूपमा सहभागिताले एमजी एस–फाइभ इभीलाई युवा र सवारीप्रेमी दर्शकहरूसँग अझ नजिक ल्याउनेछ । र ब्रान्डको प्रभाव र पहुँच बढाउनेछ। यस साझेदारीसँगै, प्यारामाउन्ट मोटर्सले नेपालमा एमजी एसफाइभ इभीको उपलब्धता र यसको आकर्षक डिजाइन, अत्याधुनिक फिचरहरू र शक्तिशाली परफर्मेन्सलाई अझ प्रचार गर्ने लक्ष्य राखेको छ।

    प्यारामाउन्ट मोटर्स प्रा. लि. नेपालका लागि एमजी (मोरिस ग्यारेजेस) को आधिकारिक वितरक हो, जसले इभीदेखि प्रिमियम एसयुभीसम्मको फराकिलो श्रेणीका गाडीहरू उपलब्ध गराउँछ। एमजीको विश्वव्यापी परफर्मेन्स, प्रविधि र डिजाइनको सम्पदा सहित, प्यारामाउन्ट मोटर्सले नेपालमा आधुनिक मोबिलिटीलाई नयाँ परिभाषा दिइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij