
काठमाडौँ । आज बुधबार शेयर बजारमा नेप्से परिसूचकसँग कारोबार पनि झरेको छ । बुधबार १५.५९ बिन्दुको गिरावट भई २,७२६.३७ बिन्दुमा नेप्से झरिरहेका बेला कुल कारोबार करिब एक अर्बले घटेर४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८सय ६० रुपैयाँ ९८ पैसा बराबर भएको छ । मंगलबार १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयरको खरिदबिक्री भएको नेप्सेले जनाएको छ । गलबार १७.७६ बिन्दुको गिरावट भई २७४४.०९ बिन्दुमा नेप्से झरिरहेका बेला कुल कारोबार करिब एक अर्बले घटेर ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८सय १२ रुपैयाँ ७१ पैसा बराबर भएको थियो ।सोमबार नेप्से परिसूचक १२.९१ले बढेर जाँदा २७६२.७४ बिन्दुमा उक्लिएको थियो । सोमबार एक करोड १४ लाख ४० हजार ८ सय ४४ कित्ता शेयरको खरिद बिक्री भइ कारोबार ५ अर्ब १० करोड ५७ लाख ४७ हजार ६सय ५७ रुपैया ६५ पैसा बराबर भएको थियो । यस्तै आइतबार १ करोड ४८ दाख ५ हजार ५ सय ६९ कित्ता शेयरको खरिद बिक्री भइ ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३ सय ७९ रुपैयाँ १० पैसाको कारोबार भएको थियो । आइतबार नेप्सेमा ३०.६९को गिरावट भइ नेप्से २७५०.३०मा झरेको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij