Logo

Oct 21 2025 | २०८२, कात्तिक ४गते

Oct 21 2025 | २०८२, कात्तिक ४गते

images

साता सुन–चाँदी रिपोर्ट: प्रतितोला सुन २ लाख १० हजार ४०० र चाँदी २ हजार ४९० रुपैयाँसम्म पुग्दै नयाँ रेकर्ड कायम

साता सुन–चाँदी रिपोर्ट: प्रतितोला सुन २ लाख १० हजार ४०० र चाँदी २ हजार ४९० रुपैयाँसम्म पुग्दै नयाँ रेकर्ड कायम

  • काठमाडौँ ।यस साता नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यले नयाँ उचाइ कायम गरेका छन्। साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँमा पुगेको थियो, जुन हालसम्मकै रेकर्ड थियो। त्यसपछि पनि सुनको मूल्य दिनहुँ नयाँ उचाइ कायम गर्दै गयो। सोमबार सुन प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भयो भने मंगलबार ६०० रुपैयाँले बढ्यो। बुधबार र बिहीबार सुन प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भयो। साताको अन्तिम दिन शुक्रबार भने सुन प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा पुगेको थियो, जुन हालसम्मकै उच्चतम मूल्य हो। यसरी आइतबारको तुलनामा शुक्रबारसम्म सुनको मूल्य तोलामा ६ हजार ८०० रुपैयाँले बढेको देखिन्छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, विश्वका केन्द्रीय बैंकहरूले अमेरिकी डलर सञ्चितीको सट्टामा सुन सञ्चितीलाई प्राथमिकता दिन थालेपछि अन्तर्राष्ट्रिय बजारमा सुनको माग उच्च भएको हो। यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको हो।

    चाँदीको मूल्य पनि यसै साता नयाँ रेकर्डमा पुगेको छ। आइतबार नै रेकर्ड कायम गरेको चाँदी सोमबार, मंगलबार र शुक्रबार निरन्तर बढ्दै गयो। शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ४९० रुपैयाँमा कारोबार भयो, जुन आइतबारको तुलनामा ६५ रुपैयाँले बढी हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij