Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

अधिक तरलता नियन्त्रणका लागि राष्ट्र बैंकले आज २५ अर्ब निक्षेप खिच्दै

अधिक तरलता नियन्त्रणका लागि राष्ट्र बैंकले आज २५ अर्ब निक्षेप खिच्दै

  •  

    काठमाडौं । बजारमा निरन्तर बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज आइतबार २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको बोलकबोल प्रक्रियामार्फत सो रकम संकलन गर्ने जनाएको छ। हाल वित्तीय प्रणालीमा कुल निक्षेप ७२ खर्बभन्दा बढी पुगेको छ, जसले ब्याजदर व्यवस्थापनमा दबाब सिर्जना गरेको छ।

    यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलनमा काउन्टर पार्टीहरूले प्रस्ताव गर्ने ब्याजदरअनुसार क्रमशः बाँडफाँट गरिनेछ, जसमा सबैभन्दा कम दर प्राथमिकतामा रहनेछ। बोलकबोलमार्फत निर्धारण हुने ब्याजदर र संकलित रकमको साँवा तथा ब्याज भुक्तानी २०८२ असोज १२ गते हुने जनाएको छ।

    बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोडका गुणकमा रकम प्रस्ताव गर्न सकिनेछ। राष्ट्र बैंकले विगतदेखि नै निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij