Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

“सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेनजीको मार्च, माइतीघरबाट बानेश्वरसम्म”

“सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेनजीको मार्च, माइतीघरबाट बानेश्वरसम्म”

  • काठमाडौं . काठमाडौंको माइतीघरमा जेनजी पुस्ता (सन् १९९७–२०१२ बीच जन्मिएका) ले सोमबार बिहान ९ बजेदेखि प्रदर्शन गर्ने भएका छन्। जिल्लाको प्रशासनले उनीहरूको प्रदर्शनलाई अनुमति दिएको छ। प्रमुख जिल्ला अधिकारी छवि रिजालले भने, "हामीलाई औपचारिक र अनौपचारिक रूपमा प्रदर्शनको जानकारी प्राप्त भएको छ। निषेधित क्षेत्र बाहेक शान्तिपूर्ण प्रदर्शन गर्न रोक छैन। आवश्यक परे प्रहरीको संख्या पनि बढाउन सकिन्छ।"

    केही दिनदेखि सामाजिक सञ्जालमार्फत जेनजी पुस्ताले सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचारविरुद्ध आवाज उठाउन लागेकाले प्रदर्शनको आह्वान गरिरहेका थिए।

    प्रदर्शनको व्यवस्थापनका लागि आइतबार केही युवाहरू माइतीघरमै भेला भएर छलफल गरेका थिए। छलफलपछि तय भएको छ कि प्रदर्शनकारी बिहान ९ बजे माइतीघरमा भेला हुनेछन् र ११ बजेतिर बानेश्वरसम्म मार्च गर्ने कार्यक्रम हुनेछ। सहभागी युवा अनुसार, “हामी शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्ने योजना बनाएका छौँ। यसमा आयोजक विशेष नभएर साना समूहमा साथीहरू भेला हुनेछन्। भाषण नगरिने र नाचगानलगायत कार्यक्रम गर्ने योजना छ।”

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यक्रममा आफ्नो समर्थन व्यक्त गरे पनि व्यक्तिगत रूपमा उपस्थित नहुने बताएका छन्।

    राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले पनि सामाजिक सञ्जालमार्फत प्रदर्शनमा सहभागी हुने बताएका थिए। तर उनी राजावादी आन्दोलनमा संलग्न भएका र हालै पार्टी खोल्ने घोषणा गरेका कारण जेनजी पुस्ता केहीले विरोध जनाएका थिए। सहभागी युवाहरूले प्रसाईंलाई फोन गरेर कार्यक्रममा नआउन अनुरोध गरेको बताए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij