Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

बानेश्वर तनावग्रस्त : जेन–जी प्रदर्शन जारी, प्रहरी–प्रदर्शनकारी भिडन्त

बानेश्वर तनावग्रस्त : जेन–जी प्रदर्शन जारी, प्रहरी–प्रदर्शनकारी भिडन्त

  •  

    काठमाडौं । काठमाडौंको बानेश्वर क्षेत्र अझै तनावग्रस्त बनेको छ। जेन–जी पुस्ताका केही प्रदर्शनकारी तितरबितर भए पनि क्षेत्रको साम्य अवस्था फर्किन सकेको छैन।

    प्रदर्शनकारीहरू बानेश्वरबाट विभिन्न चोकतर्फ प्रदर्शन गर्दै, आगजनीको घटनासमेत गरिरहेका छन्। ठूलो सङ्ख्यामा तैनाथ प्रहरीले प्रदर्शनकारीलाई लक्षित गर्दै अश्रु ग्यास प्रहार गरिरहेको छ। साथै, बाटोमा हिँडिरहेका सर्वसाधारणमाथि पनि लाठी चार्ज गरिएको छ।

    प्रहरी र प्रदर्शनकारीबीचको यो भिडन्तले बानेश्वर क्षेत्रमा सामान्य जनजीवन प्रभावित भएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij