Logo

Oct 24 2025 | २०८२, कात्तिक ७गते

Oct 24 2025 | २०८२, कात्तिक ७गते

images

एकीकृत समाजवादीको माग : प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले तत्काल राजीनामा माग

एकीकृत समाजवादीको माग : प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले तत्काल राजीनामा माग

  •  

    काठमाडौं ।  नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ। पार्टीको केन्द्रीय सचिवालयले सोमबार बसेको आकस्मिक बैठकमा, जेन–जी पुस्ताका युवाहरूको आन्दोलनसँग सम्बन्धित विशेष प्रस्ताव पारित गर्दै दुवै नेताको राजीनामा माग गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन्।

    प्रवक्ता ज्वालाका अनुसार, अहिले आन्दोलनकारीका माग सम्बोधन गर्न र सामाजिक सञ्जाल खुला गर्न सरकारसँग आग्रह गरिएको छ। उनका अनुसार, यति धेरै जनताको ज्यान गएको अवस्थामा प्रधानमन्त्री र गृहमन्त्री पदमा रहन मिल्ने अवस्था नभएको कारण उनीहरूले तत्काल राजीनामा दिनु पर्ने बताइएको छ।

    साथै, ज्वालाले सामाजिक सञ्जाल बन्द गर्ने, बोल्ने र प्रश्न गर्ने अधिकार नियन्त्रण गर्ने सरकारले उठाएको कदम अभिव्यक्ति स्वतन्त्रता विरोधी र गलत भएको टिप्पणी गरेका छन्। पार्टीले जेन–जी प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै, युवाहरूका जायज मागहरूको समर्थन गरेको जनाएको छ।

    एकीकृत समाजवादीले प्रदर्शनलाई उत्तेजना वा मुठभेडतर्फ नलगाई, यसको गरिमा र जनसमर्थनको दुरुपयोग नहोस् भनी जेन–जी युवाहरूलाई अपील गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij