Logo

Sep 09 2025 | २०८२, भदौ २४गते

Sep 09 2025 | २०८२, भदौ २४गते

images

गृहमन्त्री रमेश लेखकले राजीनामा दिए, ‘जेन जी’ आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी स्वीकार

गृहमन्त्री रमेश लेखकले राजीनामा दिए, ‘जेन जी’ आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी स्वीकार

  •  

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन्।

    यसअघि नेपाली कांग्रेसको बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा ‘जेन जी’ आन्दोलनमा भएको ठूलो मानवीय क्षतिको विषयमा गम्भीर छलफल भएको थियो। बैठकमा नेताहरूले सुरक्षाकर्मीबाट गरिएको अत्यधिक बल प्रयोगले जनधनको क्षति भएको भन्दै यसको राजनीतिक तथा नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने धारणा राखेका थिए।

    नेताहरूको कडा आलोचनापछि मन्त्री लेखक राजीनामा दिने निर्णयमा पुगेका थिए। कांग्रेस बैठक सकेर मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन बालुवाटार पुगेका उनले औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।

    ‘जेन जी’ आन्दोलनका क्रममा हालसम्म २० जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकामा १८ जना र इटहरीमा २ जना प्रदर्शनकारीले ज्यान गुमाएका छन् भने सयौं घाइते भएर विभिन्न अस्पतालमा उपचाररत छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij