Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

राष्ट्रपति पौडेलले संविधानको धारा ६१ मार्फत सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त

राष्ट्रपति पौडेलले संविधानको धारा ६१ मार्फत सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको नियमित प्रक्रियालाई पन्छाउँदै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन्। यो नियुक्ति नेपालको राजनीतिक इतिहासमा पहिलो पटक संविधानको धारा ७६ बाहेकको अन्य धाराबाट भएको ऐतिहासिक घटना हो।

    स्रोतका अनुसार, जेन–जी आन्दोलनले सिर्जना गरेको अस्थिर राजनीतिक परिस्थितिमा राष्ट्रपति पौडेलले ‘संविधानको संरक्षक’को भूमिकामा यस्तो कदम चालेका हुन्। संविधानको धारा ६१ अन्तर्गत राष्ट्रपतिका कर्तव्य, अधिकार र जिम्मेवारी उल्लेख भए पनि सामान्यतया यस धाराबाट प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छैन।

    राष्ट्रपति कार्यालयका अधिकारीहरूले भनेका छन् कि राष्ट्रपतिले संविधानको समग्र संरक्षण सुनिश्चित गर्न यो कदम चालेका हुन्। जेन–जी आन्दोलनले राजनीतिक दलहरूभन्दा बाहिरको स्वतन्त्र नेतृत्वको माग गरेको अवस्थामा, कार्कीको नियुक्ति मार्फत मुलुकले पहिलोपटक महिला प्रधानमन्त्री पाएको ऐतिहासिक कीर्तिमान समेत रचेको छ।

    1757690373_sambi.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij