Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोह : मुलुकले पहिलो पटक महिला नेतृत्व पाउने तयारी

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोह : मुलुकले पहिलो पटक महिला नेतृत्व पाउने तयारी

  • काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आज (शुक्रबार) राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ। यो समारोह नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण क्षण मानिँदैछ, किनभने कार्की मुलुकको पहिलो महिला प्रधानमन्त्री बन्नेछिन्।

    शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, प्रमुख राजनीतिक दलका शीर्ष नेता, संवैधानिक निकायका प्रतिनिधि र विदेशी राजदूतहरूको उपस्थिती रहने कार्यक्रम स्रोतले जनाएको छ।

    यस समारोहसँगै कार्कीले मुलुकको अन्तरिम प्रशासनको नेतृत्व सम्हाल्नेछिन् र आगामी निर्वाचनपछि आउने जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने जिम्मेवारी पाउनेछिन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij