Logo

Sep 13 2025 | २०८२, भदौ २८गते

Sep 13 2025 | २०८२, भदौ २८गते

images

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ

  • काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आज (शुक्रबार) राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरिन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्यकारी जिम्मेवारी सम्हाल्ने शपथ खुवाएका हुन्।

    यस समारोहमा प्रधानसेनापति अशोकराज सिग्देल, प्रमुख राजनीतिक दलका प्रतिनिधि, संवैधानिक निकायका अधिकारीहरू र विदेशी राजदूतहरूको उपस्थिती रहेको थियो।

    कार्कीको नियुक्ति नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण मानिन्छ, किनभने उनी मुलुकको पहिलो महिला प्रधानमन्त्री बन्न पुगेकी हुन्। उनका नेतृत्वमा देशले जे–नजी आन्दोलनपश्चात् क्षतिग्रस्त प्रशासन र संरचनालाई सम्हाल्दै आगामी निर्वाचनसम्म अन्तरिम व्यवस्थाको नेतृत्व पाउनेछ।

    पूर्वप्रधानन्यायाधीश कार्की न्यायपालिकामा इमानदार र हक्की स्वभावका लागि चर्चित रहिसकेकी छन्। प्रधानन्यायाधीशबाट करिब आठ वर्षको अवकाशपछि उनी कार्यपालिकाको नेतृत्व सम्हाल्दै देशको राजनीतिक इतिहासमा अर्को ऐतिहासिक कीर्तिमान स्थापित गरेकी छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij