Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र

संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने निर्णयप्रति गम्भीर असहमति रहेको बताएका छन्।

    पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस विषयमा निर्णय गर्दै संसद्लाई विघटन गर्ने कदम संवैधानिक व्यवस्था विपरीत भएको भन्दै असहमति जनाएको पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जानकारी दिए।

    बैठकमा हालको राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै विघटन निर्णयले मुलुकमा थप अस्थिरता निम्त्याउने सम्भावनालाई विश्लेषण गरिएको थियो। माओवादी केन्द्रले आगामी दिनमा यस विषयमा थप औपचारिक कदम चाल्ने संकेत समेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij