Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

‘पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूका लागि संसद् विघटन ठुलो विषय नहुन सक्छ’ :जनार्दन शर्मा

‘पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूका लागि संसद् विघटन ठुलो विषय नहुन सक्छ’ :जनार्दन शर्मा

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसद् विघटनको जिम्मेवारी पार्टीका प्रमुख नेताहरूमा पर्ने बताएका छन्।

    शर्माको टिप्पणी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले संसद् विघटनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेपछि आएको हो।

    सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस मार्फत उनले कटाक्ष गर्दै लेखेका छन्, “पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूको लागि यो ठुलो विषय नहुन सक्छ, तर इतिहासले यसको मूल्याङ्कन गर्नेछ।”

    यसअघि जे–नजी आन्दोलनले सोमबार र मंगलबार देशभर प्रदर्शन गर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपरेको थियो। ओलीको राजीनामापछि आज राष्ट्रपति पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij