Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

रवि लामिछाने कारागार फर्किन तयार, रास्वपाको स्पष्ट धारणा

रवि लामिछाने कारागार फर्किन तयार, रास्वपाको स्पष्ट धारणा

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने कानुनी प्रक्रियाको सम्मान गर्दै जुनसुकै बेला प्रशासनले बोलाए कारागार फर्किन तयार रहेको जनाएको छ।

    रिहाइ प्रक्रियामा प्रयोग भएको पत्र विवादित बनेपछि पार्टीले शुक्रबार साँझ सार्वजनिक गरेको विज्ञप्तिमा यस्तो धारणा राखिएको हो।

    रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने, “रवि लामिछाने कारागार फर्किन तयार हुनुहुन्छ।” उनका अनुसार, शुक्रबार दिउँसो कार्यवाहक सभापति डीपी अर्याल, जिल्ला प्रशासन प्रमुख (सिडिओ) र कारागार प्रमुखबीच भेटवार्ता भएको थियो।

    उक्त भेटमा रास्वपाले प्रशासनलाई खबर गरेपछि आउने सन्देश दिएको झले बताएका छन्। यसअघि कार्यवाहक सभापति अर्यालले रिहाइ पत्रमा प्राविधिक त्रुटि भएको स्वीकार्दै सम्पूर्ण समन्वय आफूले गरेको र लामिछाने कानुनी प्रक्रियाका लागि पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेका थिए।

    सोही आधारमा प्रशासनले आवश्यक ठानेमा लामिछाने पुनः कारागार जान तयार रहेको रास्वपाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij